Program onair: Coming soon
Upcoming Program: soon

ज्याक्लिन र गीरिशको नेपाललाई सम्बोधन

चलचित्र ‘रमैया बास्तभैया’का नायक गिरीश कुमार र एक गीतमा नृत्य गरेकी नायिका ज्याक्लिन फर्नान्डेजले नेपाललाई सम्बोधन गर्दै आभार प्रकट गरेका छन् । ‘रमैया बास्तभैया’सँगै नेपालमा हिन्दी सिनेमा वितरण सुरु गरेको दर्शना आर्टसले आयोजना गरेको एक कार्यक्रममा ज्याक्लिन र गीरिशको नेपाल प्रतिको सम्बोधन प्रस्तुत गरिएको थियो ।यो कम्पनीले यो सिनेमा पछि साहरुख खान अभिनित चलचित्र ‘चेन्नाई एक्सप्रेस’, अक्षय कुमार अभिनित ‘वन्स अपन अ टाइम इन मुम्बइ दोबारा’, शाहिद कपुर अभिनित ‘फाँटा पोष्टर निकला हिरो’ सिनेमा नेपालमा वितरण गर्ने सम्झौता गरिसकेको छ ।

ज्याक्लिनले नेपालमा आफ्नो सिनेमा वितरण गर्न लागेको दर्शना आर्टस् प्रति आभार प्रकट गर्दै नेपालीहरुलाई धेरै माया रहेको सन्देश दिएकी थिइन् । यस्तै बलिउडमा डेब्यू गर्न लागेका नायक गीरसले नेपाल आफू अहिलेसम्म नपुगेको भन्दै नेपालीलाई हेलो भनेका थिए । उनले नेपालमा आफ्नो सिनेमा वितरण गर्न लागेको दर्शन आट्सलाई धन्यवाद दिएका छन् ।

‘दर्शना आर्टस्’ले यसअघि भोजपुरी चलचित्र ‘जारा जिगर वाले’ निर्माण गरिसकेको छ । दर्शना आर्टस्का प्रोपाइटर दिपक अधिकारीले आफूले बलिउडका उत्कृष्ट सिनेमा नेपाल ल्याउने र नेपालका उत्कृष्ट चलचित्र विश्व बजारमा पुर्‍याउने बताएका छन् । यो टोलीमा निर्देशक शंकर घिमिरे, चर्चित वितरक सुनिल मानन्धर, प्रभुशमशेर राणा, मोहन सराफ, पुष्कर भट्ट, र बलिउड सिनेमामा लामो समयदेखि काम गर्दै आएका पवन एसके छन् ।

दर्शना आट्सले १० बर्षका लागि बलिउडका चर्चित कम्पनी टिप्स, यूटिभी स्टार, रेड चिल्ली कम्पनीका सिनेमा नेपालमा वितरण गर्ने जिम्मा लिएको बताएको छ । यस्तै बालाजी फिल्मस्सँग पनि यस बिषयमा कुरा भइरहेको र भोलीसम्म संझौता हुने दाबी गरेको छ ।यस्तै कार्यक्रममा बोल्दै निर्देशक शंकर घिमिरेले आफूहरु अन्य वितरकहरुसँग भिडन्त गर्न भन्दा पनि मिलेर काम गर्न आएको बताए । यो कम्पनीले वितरण गर्न लागेका सिनेमा यसअघि नेपालमा हिन्दी सिनेमा वितरण गर्दै आएका एप्पल र गोपीकृष्णका हलहरुमा नलाग्ने बजारमा हल्ला चलेपछि शंकरले यस्तो बताएका हुन् । यस्तै दर्शना आर्टस्का प्रोपाइटर दिपक अधिकारीले आफूहरु व्यापार गर्न आएको भन्दै सबैसँग सिनेमा प्रदर्शनका लागि मिलेर अघि बढ्ने बताए ।वितरक सुनिल मानन्धरले धेरैले हिन्दी सिनेमा वितरणको प्रयास गरेर नसकेपछि आफूले सुरुवात गरेको भन्दै यसमा सफल हुने बताए । यो टिमले ४ वटा सिनेमा डेढ करोड खर्चेर नेपाल भित्राउन लागेको हो ।

‘रमैया बास्तभैया’को टिमसँग डिनरको अवसर

यसैबिच दर्शना आर्टस्ले चलचित्र ‘रमैया बास्तभैया’को मुख्य कलाकार र निर्देशक प्रभुदेवासँग बसेर खाना खाने अवसर दर्शकलाई दिन लागेको बताएको छ । हलहरुमा सिनेमा चल्दा एउटा र्फम वितरण गर्ने र लक्की ड्रबाट छानिने २ जना दर्शकलाई कम्पनीकै खर्चमा मुम्बई लगिनेछ । भाग्यशाली दर्शकले यो सिनेमाको क्रिउ मेम्बरसँग डिनरको अवसर पाउनेछन् ।

Related News


    Warning: array_slice() expects parameter 1 to be array, null given in /home/dhukdhuk/public_html/news_detail.php on line 153

    Warning: Invalid argument supplied for foreach() in /home/dhukdhuk/public_html/news_detail.php on line 153

View More Stories


    Warning: array_slice() expects parameter 1 to be array, null given in /home/dhukdhuk/public_html/news_detail.php on line 162

    Warning: Invalid argument supplied for foreach() in /home/dhukdhuk/public_html/news_detail.php on line 162