Program onair: Coming soon
Upcoming Program: soon

रुनीलाई भित्र्याउने चेल्सीको प्रस्ताव अस्वीकार

पि्रमियर लिग च्याम्पियन च्यानचेष्टर युनाइटेडले वायन रुनीलाई स्टामफोर्ड बि्रज सरुवा गर्ने चेल्सीको प्रस्ताव अस्वीकार गरेको छ ।

चेल्सीले २७ वर्षीय रुनीका लागि हुवान माटा र डेभिड लुइज मध्ये एक खेलाडी र १० मिलियन पाउण्ड दिने प्रस्ताव गरेको थियो । तर, म्यानचेष्टर युनाइटेडले इंल्याण्डका स्ट्राइकर रुनी बेच्नका लागि नभएको बताएको छ ।

बेलायती सञ्चार माध्यमहरुका अनुसार पहिलो प्रस्ताव अस्वीकार भएपनि चेल्सीका प्रशिक्षक जोजे माउरिन्हो भने हार मान्ने पक्षमा छैनन् । उनी रुनीका लागि नयाँ प्रस्ताव अघि सार्ने तयारीमा छन् ।

वायन रुनी भने वल्र्ड ट्रार्फडमा बस्ने नबस्ने अन्यौलमा छन् । एलेक्स फर्गुसनको स्थानमा आएका डेभिड मोएजले रोविन भानपर्सी प्रमुख स्ट्राइकर भएको बताएपछि रुनी रुष्ट छन् । म्यानचेष्टर युनाइटेडसँग रुनीको सम्झौता अझै २ वर्ष बाँकी रहेको छ ।