Program onair: Coming soon
Upcoming Program: soon

नेकपा-माओवादीले वार्ताबारे धारणा बनाउने

उच्चस्तरीय राजनीतिक समितिसँग गरिने वार्ताको औपचारिक धारणा तयार पार्न नेकपा-माओवादीले आन्तरिक छलफल गर्ने भएको छ । उच्चस्तरीय राजनीतिक समितिले वार्ताका लागि पठाएको औपचारिक पत्रका बारेमा छलफल गरी आफ्नो धारणा सार्वजनिक गर्ने माओवादीले जनाएको छ ।

पहिलो चरणमा दिउँसो पार्टीभित्र छलफल गरेपछि आजै मोर्चामा रहेका अन्यदलहरुसँग छलफल गर्ने माओवादीले जनाएको छ । पत्रका बारेमा पार्टीले आधिकारीक धारणा बनाउने र आजै मोर्चामा रहेका अन्य दलहरुसँग छलफल गर्ने तयारीमा माओवादी रहेको प्रवक्ता पम्फा भुसालले जनाकारी दिनुभयो ।

एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यलाई सम्वोधन गर्दै वार्ताका लागि पत्रचार गर्नु भएको थियो । माओवादीले पनि वार्ताका लागि अध्यक्ष वैद्यको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली बनाएको छ । वार्ता टोलीमा मोर्चामा रहेका अन्य दलका तर्फबाट पनि सहभागि गराउने तयारी माओवादीले गरेको छ ।