Program onair: Coming soon
Upcoming Program: soon

विषाक्त खाना खाँदा २२ स्कुले बच्चाको मृत्यु

 भारतको विहारमा विषाक्त खाना खाँदा २२ स्कुले बालबालिकाको ज्यान गएको छ । घटना छपरा जिल्लाको मशरख ब्लकको जजौली पञ्चालयको धर्मसती विद्यालयमा भएको हो ।

गम्भीर विरामी ३१ बालबालिकालाई पटनाको पीएमसीएच अस्पतालमा भर्ना गरिएको छ । विद्यालयमा सरकारले उपलब्ध गराएको भोजन योनना अनुसार मंगलबार अपराहृन दिइएको भोजन आएका उनीहरु विरामी भएका थिए ।

खानामा विषलु पदार्थ रहेको पुष्टी भएपनि कसले हाल्यो भन्ने खुलेको छैन । अधिकारीहरुका अनुसार खाना खानासाथ बालबालिकाहरुले बान्ता गरेका थिए । तत्काल अस्पताल लैजाने सुविधा नभएका कारण एम्बुलेन्स बोलाइएको थियो । घटनालाई लिएर स्थानीय निकै आक्रोसित रहेको अधिकारीहरुले बताएका छन् ।