Program onair: Coming soon
Upcoming Program: soon

मालपोत कार्यालय कावासोतीमा सात करोड राजश्व उठ्यो

मालपोत कार्यालय कावासोतीमा आर्थिक बर्ष २०६९÷०७० को राजश्व रु सात करोड ३० लाख  ८८ हजार  एक सय ५२  उठेको छ । 
यत्तिको राजश्व उठाउदा कार्यालयको रजिष्ट्रेशन प्रगति १४४ प्रतिशत  भएको छ ।कार्यालयले एक बर्षमा  १४ हजार ६ सय ३९ लिखत पारित   गरेको थियो ।  
महिला , जेष्ठ नागरिक दलित र पिछडिएको वर्गहरुलाई रजिष्टे«शन दस्तुर छुट दिदा  रु एक करोड ८९ लाख ११ हजार एक सय ३८  बराबर छुट भएको मालपोत कार्यालय कावासोतीमा सूचना अधिकारी ठाकुरप्रसाद शर्माले बताउनु भयो ।  मालपोत रजिष्ट्रेशन वापतको दस्तुर मध्ये जिल्ला विकास समिति नवलपरासीलाई रु दुई करोड १६ लाख १९ हजार ८  सय ३० बुझाएको उहाँले बताउनु भयो ।  सेवाग्राही अत्याधिक हुने गर्दा  रजिष्ट्रेशन शुल्क लक्ष्य भन्दा धेरै भएको हो ।  प्रशासनिक दस्तुर  रु ८० लाख ९९ हजार उठेको छ । 
मालपोत कार्यालय कावासोतीले रु ४२ लाख ९९ हजार नौसय ७६  कोष तथा लेखा नियन्त्रणको कार्यालयमा दाखिला गरेको कार्यालय प्रमुख चन्द्रमणी अर्यालले बताउनु भयो ।  आ.व २०६९।०७० मा चार हजार छ सय ४७ महिला, १४ जना जेष्ठ नागरिक, दुई सय ४९ दलित  र एक जना पिछडिएको बर्गले मालपोत रजिष्ट्रेशनमा दस्तुरमा छुट पाएका थिए । त्यसैगरी मालपोत कार्यालय नवलपरासीले  रु आठ करोड ८० लाख राजश्व संकलन गरेको छ । दुई वटा मालपोत कार्यालय रहेको नवलपरासीमा झण्डै रु  १६ करोड राजश्व संकलन भएको हो ।
सरकारले नगरपालिका घोषणा गरेका गाविसबाट चार प्रतिशत रजिष्ट्रशन शुल्क लिदा राजश्ब धेरै उठेको हो । नगरपालिका घोषणा भएर पनि कार्यान्वयन नहुदा सुनवल र गैंडाकोट गाविसले नगरपालिकाको हैसियतमा रजिष्टे«शन शुल्क बुझाएका थिए । चालु बर्षमा भने नगरपालिका नभएर नगरउन्मुख गाउँकै रुपमा रजिष्ट्रेशन  उठाउन थालेको मालपोत कार्यालय कावासोतीका प्रमुख अर्यालले बताउनु भयो ।