Program onair: Coming soon
Upcoming Program: soon

नहरमा डुवेर एकै परीवारका दुई जनाको मृत्यु

रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा नहरमा डुवेर एकै परीवारका दुई जना बालीकाको ज्यान गएको छ ।
असुरैना गाउ विकास समिती वडा नम्बर ४ मा एकै घरका दुई जना बालिकाको घर अगाडी रहेको नहरमा डुबेर बुधवार बिहान ११ बजे मृत्यु भएको हो ।
मृत्यु हुनेमा कोईल केवटका ५ बर्षिया सजनी केवट र ३ बर्षिया नन्दनी केवट रहेको इलाका प्रहरी कार्यालय मर्चवार का प्रहरी निरिक्षक प्रेमबन्दु पोखरेलले जानकारी दिए । खेल्ने क्रममा नहरमा परेर उनिहरुको मृत्यु भएको हो ।