Program onair: Coming soon
Upcoming Program: soon

राहदानी नविकरण नगरार्इ फर्किन थाले नेपाली कामदार

दक्षिण कोरियास्थित नेपाली दूतावासमा रहदानी नबिकरण गर्न हिडेका नेपाली दुतावासै नपुगि बिच बाटोवाटै फर्कन थालेका छन् । कोरियामा अवैधानिक तरिकाले बस्दै आएका नेपालीहरू आफुहरुलाई राहदानी नबिकरण गर्न अति आवश्यक भएको तर दूतावासबाटै पक्राउ परिन्छ कि भन्ने डरले जान नसकेको बताउँछन ।

 ’कम्पनीबाट बिदा मागेर राहदानी नबिकरण गर्न हिडेको थिए बिच बाटोमै एक जना साथीले दूतावास नजानु समातेर नेपाल पठाइ दिन्छ भनेपछि म दुतावासै नपुगि फर्कन बाध्य भए झापाका हर्क बाहादुर बिश्वकर्मले आफ्नो दुखेसो सुनाउदै अगाडि भने,’म एक वर्ष अघि मत्छय उत्पादनमा कोरिया आएको थिए लगातार चार महिना सम्म तलब नदिएको र अरू तिर सर्न पाउने गरी सही पनि नगरी दिएका कारण अबैधानिकहुन बाध्य भए ।’ घर फर्कौ भने साउको रिन तिर्न सकेको छैन आठ जानाको परिवारमा कमाउने म मात्र हु अब के गर्ने गर्ने मानसिक तनावमा छु बिश्वकर्मको भनाई थियो ।

 उता आफ्नो वेदना सुनाउदै धादिङका सिताराम पाठकले भने त्यही दूतावासले राम्रो पहल नगरी दिदा अवैधानिक हुन पुगेकाले आज फेरि राहदानी लगायतका काम लिन दूतावास जान पक्राउ परिन्छ कि भनेर डराउने आवस्था आएको वताए । पाठकले भने,’मैले साहुबाट कुटाई खाएको कुरा बारम्बार दूतावासलाई जानकारी गराउदै सहयोगको लागि अनुरोध गरे तर कुटाई खाएको भिडियो लिएर आउनुहोस भनेपछि प्रमाण जुटाउनु भन्दा अवैधानिक हुन बाध्य भए . हामीलाई निर्वाद रूपमा दूतावासमा आएर काम लिन सक्ने अवस्था बनाई दिन दूतावाससँग अनुरोध छ ।