Program onair: Coming soon
Upcoming Program: soon

बाढीपीडितलाई दुवईबाट सहयोग

संयुक्त अरब इमिरेट्स दुवईको एक रेष्टुराँमा कार्यरत नेपाली श्रमिकहरुले दार्चुलाका बाढीपीडितलाई नगद सहयोग गरेका छन् ।

दुवईको चाइनिज भिलेज रेष्टुराँमा कार्यरत कैलाली मालाखेतीका प्रयागराज भण्डारीको पहलमा त्यहाँका ३६ जना श्रमिकले २९ हजार ५ सय रुपैयाँ सहयोग गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीमा मङ्गलबार आयोजित कार्यक्रममा श्रमिकहरुले सङ्कलन गरी पठाएको रकम सञ्चारकर्मी टेकराज जोशीमार्फत क्षेत्रीय प्रशासन कार्यालय दिपायलका सहक्षेत्रीय प्रशासक दिनेशकुमार घिमिरेलाई हस्तान्तरण गरियो । रकम बुझ्दै घिमिरेले बाढीपीडितलाई आजै रकम पठाइने बताउनुभयो । गत असार २ र ३ गते महाकाली नदीमा आएको बढीले नदी किनारमा रहेको दार्चुला सदरमुकाम खलङ्गा बजारमा ठूलो क्षति पुर्‍याएको थियो ।