Program onair: Coming soon
Upcoming Program: soon

सलोन र रिस्ताको ‘एउटा साथी’

नेपाली सिनेमाको पत्रकारिता गर्दै आएका रंग पत्रकारहरु निर्देशक बन्ने क्रम यो बर्ष ह्वात्तै बढेको छ । यही भिडमा नयाँ पत्रिका दैनिकमा चलचित्र समाचार लेख्दै आएका चलचित्र पत्रकार संघका महासचिव लक्ष्मण सुवेदी पनि थपिएका छन् ।शोभित बस्नेतको निर्माणमा उनले निर्देशन गर्न लागेको चलचित्रको नाम ‘एउटा साथी’ राखिएको छ । सलोन फिल्मस्को ब्यानरमा तयार हुन लागेको यो चलचित्रमा शोभितका छोरा सलोन बस्नेत, ‘होस्टेल’ डेब्यू नायिका रिस्ता बस्नेत, संचारकर्मी शिशिर भण्डारी, जोन तामाङ, सुनिल रावल, शोभित बस्नेतको अभिनय रहने पक्का भएको छ । चलचित्रमा टंक बुढाथोकीको संगीत समावेश हुनेछ । चलचित्रका लागि एक नायिका र केही कलाकारको खोजी भइरहेको निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रको शुभमुहुर्त साउन १७ गते गरिनेछ ।चलचित्र बनाउन लागिएको जानकारी दिन आयोजना गरिएको एक कार्यक्रममा निर्माता तथा निर्देशक शोभित बस्नतले लक्ष्मण सुवेदीको चलचित्र राम्रो बनाउने बाचालाई ध्यानमा राख्दै निर्देशनको जिम्मा सुम्पिएको बताए । निर्देशक सुवेदीले आफूले चलचित्र झुर नबनाउने सोचाई राख्दै निर्देशनको जिम्मा लिएको बताए ।