Program onair: Coming soon
Upcoming Program: soon

जन्मदिन मनाउन कटि्रना लण्डनमा, फिल्म नआउदा घट्यो बजार

बलिउड सुन्दर नायिका कटि्रना कैफ आफ्नो जन्मदिन मनाउन लण्डन पुगेकी छिन् । १५ बर्ष अघि भारत आएकी कटि्रनाले बलिउडमा यतिबेला राज गरिरहेकी छिन् । बलिउड प्रवेशसँगै नायक सलमान खानको प्रेमिकाको रुपमा चिनिएकी कटि्रना हाल अर्का नायक रणवीर कपुरसँग नजिक छिन् ।रणवीरसँग स्पेनमा छुट्टी मनाएर फर्के लगतै कटि्रना साउन १ अर्थात जुलाई १६ मा परेको आफ्नो जन्मदिन मनाउन लण्डन पुगेकी हुन् । यो बर्षको अन्त्यमा मात्र कटि्रनाको चलचित्र ‘धुम ३’ आउने छ । यसैले पनि उनी यतिबेला खाली बसेकी छिन् । कटि्रनाको सिनेमा नआउदा अन्य नायिकाले उछिनेको विश्लेषण गरिएको छ । नायिका दीपिका पादुकोणले अभिनय गरेका सिनेमाले लगातार १ सय करोडको क्लबमा सामेल भइरहदा कटि्रना भने खाली हात बसेकी छिन् । गतबर्ष उनले अभिनय गरेका दुई चलचित्र ‘एक था टाइगर’ र ‘जब तक हे जान’ १ सय करोडको क्लबमा नाम ल ..... More inside

सलोन र रिस्ताको ‘एउटा साथी’

नेपाली सिनेमाको पत्रकारिता गर्दै आएका रंग पत्रकारहरु निर्देशक बन्ने क्रम यो बर्ष ह्वात्तै बढेको छ । यही भिडमा नयाँ पत्रिका दैनिकमा चलचित्र समाचार लेख्दै आएका चलचित्र पत्रकार संघका महासचिव लक्ष्मण सुवेदी पनि थपिएका छन् ।शोभित बस्नेतको निर्माणमा उनले निर्देशन गर्न लागेको चलचित्रको नाम ‘एउटा साथी’ राखिएको छ । सलोन फिल्मस्को ब्यानरमा तयार हुन लागेको यो चलचित्रमा शोभितका छोरा सलोन बस्नेत, ‘होस्टेल’ डेब्यू नायिका रिस्ता बस्नेत, संचारकर्मी शिशिर भण्डारी, जोन तामाङ, सुनिल रावल, शोभित बस्नेतको अभिनय रहने पक्का भएको छ । चलचित्रमा टंक बुढाथोकीको संगीत समावेश हुनेछ । चलचित्रका लागि एक नायिका र केही कलाकारको खोजी भइरहेको निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रको शुभमुहुर्त साउन १७ गते गरिनेछ ।चलचित्र बनाउन लागिएको जानकारी दिन आयोजना गरिएको एक ..... More inside