Program onair: Coming soon
Upcoming Program: soon

Today's horoscope

Name मेष
Symbol चु, चे, चो, ला, ली, लो,
Description सुरुमा खर्च बढ्ने देखिन्छ । अनावश्यक काममा ढिपी गर्दा पैसा र समय खेर जाला । वैदेशिक वा टाढाको यात्रा सम्भावित छ । सोमबारदेखि समय अनुकूल रहनेछ । विशेष व्यक्तित्वसँग भेट होला । आतिथ्यपूर्ण सम्मान पाइएला । दाम, इनाम र प्रतिष्ठा पनि कमाउने बेला छ । प्रशंसकहरू बढ्नेछन् । काममा पनि उत्साह थपिनेछ । सानो प्रयत्नले ठूलो काम बन्ने समय छ । मनपर्ने वस्त्र वा सरसामान उपहार पाइएला "
Name बृष
Symbol इ, उ, ए, ओ, वा, वी, वु, वे,
Description सुरुको समय अनुकूल रहनेछ । सञ्चित कर्मको फल पाउने समय छ । राम्रै आम्दानी हातपर्ला । शरीरमा आरोग्य एवं स्फुर्ति बढ्नेछ । मंगलबार र बुधबार भने आकस्मिक खर्च बढ्नेछ । तापनि, सत्कार्यमा गरेको लगानीबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट प्रशस्त फाइदा उठाउने मौका छ । भेटघाटमा मन रमाउनेछ । मनपर्ने वस्त्र, अलंकार आदि लाभ होला । बोलीकै भरमा महत्वपूर्ण काम बन्ने योग छ ।
Name मिथ
Symbol का कि कु घ ङ छ के को &
Description काम गरेर अरूलाई प्रभावित पार्ने समय छ नयाँ काम थालनी होला । छोटै समयमा विशेष उपलब्धि मिल्ला । प्रतिष्ठित काम गर्ने मौका आउनेछ । आफ्नो क्षेत्रको नेतृत्व हातलागी होला । यात्रा सम्भावित छ । विद्यामा पनि प्रगति हुनेछ । दाम, इनाम र प्रतिष्ठा पनि कमाउने बेला छ । बिहीबार र शुक्रबार भने काममा बाधा होला, व्यवसाय खस्किएला । खर्च र थकाइ समेत बढ्नेछ । तापनि, सप्ताहान्त विशेष फलदायी रहनेछ ।
Name कर्कट
Symbol ही हु हे हो डा डि ड
Description कामको दायित्व पनि थपिनेछ । व्यावसायिक काममा निकै नै उन्नति हुनेछ । राजनीति, नोकरीमा पनि पूर्वाद्र्ध लाभकारी होला । काम गरेर अरूलाई प्रभावित पार्ने समय छ । धार्मिक वा सामाजिक कामबाट प्रतिष्ठा पाइएला । नयाँ काम थालनी होला । प्रतिनिधिमूलक यात्रा सम्भावना छ । आयआर्जन पनि प्रशस्त हुनेछ । प्रेम र मित्रताको गाँठो कसिएला । सप्ताहान्तमा भने खर्चमा वृद्धि र व्यवसायमा गिरावट आउने देखिन्छ
Name सिंह
Symbol मा मि मू मे मो टा टी टु
Description सुरुमा घरायसी समस्या आउलान् । प्रेमसम्बन्धमा उतारचढाव आउला । चोटपटक लाग्ने सम्भावना छ । सोमबारदेखि कामको दायित्व बढ्नेछ । धार्मिक कृत्यमा अभिरुचि बढ्नेछ । आफ्नो क्षेत्रको प्रतिनिधित्व हातलाग्ला । गरेको काममा प्रशंसा पाइएला । समय भ्रमणकारक छ । नयाँ काम थालनी होला । व्यापार बढ्नुको साथै आयमूलक काममा पनि सफलता नै मिल्नेछ । नाम, दाम र इनाम हातपर्ने समय छ ।
Name कन्या
Symbol टो प पी पु ष ण ठ पे पो
Description व्यापार–व्यवसायमा फाइदा उठाउने योग छ । प्रेम र मित्रताको गाठो कसिएला । समय मनोरञ्जनपूर्ण रहला । रमाइलो यात्रा गर्ने अवसर आउनेछ । सोम, मंगल र बुधबार भने खिन्नता बढ्ला । महत्वपूर्ण सामान हराउने सम्भावना छ । सानातिना समस्याले सताउलान् । तापनि, बिहीबारदेखि समयले साथ दिनेछ । प्रतिष्ठा, ख्याति मिल्नेछ । कामका चुनौती हट्नेछन् र कीर्तिमानी काम गर्ने मौका मिल्नेछ । सामाजिक काममा मन जाला vvv
Name तुला
Symbol र री रु रे रो ता ती तू ते
Description शत्रुपक्ष विस्थापित होलान् । प्रगतिको समय छ । अधुरा कामहरू पनि अवश्य नै बन्नेछन् । कामका बाधा पन्छाउन सकिनेछ । प्रेमको बन्धन कसिने बेला छ । आतिथ्यपूर्ण सम्मान पाइनेछ । रमाइलो जमघटमा सरिक भइएला । यात्रासमेत सम्भावित छ । बिहीबार र शुक्रबार केही समस्यामा परिनेछ । अनावश्यक झमेला आइलाग्न सक्छन् । विवाद बढ्ने र चोटपटक लाग्ने योग छ । सप्ताहान्त भने विशेष फलदायी रहनेछ ।
Name वृश्चिक
Symbol तो ना नी नु ने नो या यि यु
Description । शैक्षिक क्षेत्रमा विशेष लाभदायक समय छ । उत्साह थपिनेछ । व्यावसायिक कामबाट लाभ उठाउने मौका छ । शत्रु परास्त भएर जालान् । मुद्दासमेत किनारा लाग्नेछन् । मित्रताको गा“ठो कसिएर जाला । प्रेमसम्बन्ध प्रगाढ बन्नेछ । तर, साताको अन्त्यमा पारिवारिक झमेला, काममा बाधा र स्वास्थ्यमा संकट आउला, सचेत हुनुहोस् ।
Name धनु
Symbol ये यो भा भी भू ध फा ढ भे
Description परिवारजनमा असमझदारी बढ्न सक्छ । दुविधामा परिनेछ । हात लागिसकेको काम फुत्कने सम्भावना छ, सचेत रहनुहोस् । सोमबारदेखि पठनपाठनमा राम्रो प्रगति हुनेछ । आर्थिक पक्ष सबल बन्नेछ । व्यापार–व्यवसायमा पनि प्रगति गर्न सकिनेछ । प्रतिस्पर्धीहरू स्वतः निष्क्रिय होलान् । स्वास्थ्यमा सुधार र काममा उत्साह थपिनेछ । प्रेमको बन्धन अवश्य नै कसिएर जाला । रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नेछ
Name मकर
Symbol भो जा जी खी खू खे खो गा गी
Description काममा सोचेजस्तै सफलता मिल्नेछ । सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ । प्रतिस्पर्धामा फाइदा उठाउने समय छ । तर, आइतबार र सोमबारको समय भने प्रत्युत्पादक रहला । निर्णय गलत ठाउमा पर्नाले फाइदा अर्कैले लिन सक्छ । तापनि, निराश नहुनुहोस् । कर्मयोगका थप बाटाहरू अवश्य खुल्नेछन् । पढाइलेखाइ र व्यवसायमा उन्नति हुनेछ । शत्रु पराजित होलान् । प्रतिस्पर्धीलाई उछिन्ने मौका छ ।
Name कुम्भ
Symbol गू गे गो सा सी सु से सो द
Description आतिथ्यपूर्ण सम्मान पाइनेछ । बोलीको भरमा विशेष काम बन्ने समय छ । तपाईंका प्रशंसकहरू अवश्यमेव थपिएलान् । उद्योग–व्यवसायमा पनि सोचेको प्रगति हात लाग्ला । प्रतिस्पर्धीहरूले हार खालान् । बिहीबार र शुक्रबार भने अरूको भरपर्ने समय छैन । आफन्तप्रति शंका जाग्नेछ । खानपानको असावधानीले स्वास्थ्यमा पनि गिरावट आउला । तापनि, पठनपाठनमा प्रगति हुनेछ । सप्ताहान्तमा विशेष लाभ
Name मीन
Symbol दि दू थ झ ञ दे दो चा ची
Description सुरुको समय रमाइलो रहनेछ । प्रियजनसँग भेटघाट हुनेछ । पार्टी, पिकनिक वा भोजभतेरमा जाने मौका मिल्ला । पारिवारिक जमघट सम्भावित छ । नयाँ काम पाउने समय छ । सहयोगीहरूले साथ दिनेछन् । कर्मयोगमा अभिवृद्धि हुनेछ । पराक्रम बढेर जाला । आम्दानी पनि बढ्नेछ । तर, सप्ताहान्तमा आफन्तकै विश्वासघातमा परिएला । झुटा आरोप आइलाग्ने सम्भावना छ । सानो गल्तीले धोका पाइने सम्भावना छ ।